मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पहिराेले साफे–मार्तडी सडक अन्तरगत नुनेपानीमा अबरुद्ध , पहिराे हटाइदै

पहिराेले साफे–मार्तडी सडक अन्तरगत नुनेपानीमा अबरुद्ध , पहिराे हटाइदै

  • मङ्लबार, साउन ५, २०८३
सेयर गर्नुहोस् :
पहिराेले साफे–मार्तडी सडक अन्तरगत नुनेपानीमा अबरुद्ध , पहिराे हटाइदै

बाजुरा— अविरल वर्षाका कारण अवरुद्ध भएको साफे–मार्तडी सडक अबरुद्ध भएकाे छ। हिजो रातिदेखि परेको लगातार वर्षाका कारण बडीमालिका नगरपालिका–६ अन्तर्गत नुनेपानी र बिरेखोला बीचको क्षेत्रमा पहिरो खस्दा साफे–मार्तडी सडक  अवरुद्ध भएको हाे ।

सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित बनेको र पहिराे हटाउने कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता नरेश शाहीले बताएका छन ।

बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेकाे प्रबक्ता शाहीले जानकारी दिएका छन ।  एकै ठाउमा दुइ वटा पहिराे गएकाेमा एउटा पहिराे हटाइसकेकाे र अर्काे पहिराे हटाउने कार्य जारी रहेकाेले केही समयमै बाटाे खुल्ने प्रबक्ता शाहीले बडिमालिका खवरलाइ बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार