शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपाको कुन जिल्लाको अधिवेशन कहिले ?

रास्वपाको कुन जिल्लाको अधिवेशन कहिले ?

  • शनिबार, जेष्ठ २३, २०८३
सेयर गर्नुहोस् :
रास्वपाको कुन जिल्लाको अधिवेशन कहिले ?

बाजुरा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज र भोलि जिल्ला अधिवेशन गर्दैछ । दुई दिनमा तदर्थ समिति गठन भएका जिल्लामा रास्वपाले अधिवेशन गर्न लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम देशभर अधिवेशन शनिबार र आइतबार बिदाको दिनमा आयोजना गरिएको हो ।

पहिलो दिन आज शनिबार ३६ जिल्लाहरूको अधिवेशन हुँदैछ । आज कोशीका ८ जिल्लाहरू झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेशका २ जिल्लाहरू महोत्तरी र रौतहट, बागमती प्रदेशका ८ जिल्लाहरू दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे सिन्धुपाल्चोक र सिन्धुलीऽ गण्डकी प्रदेशका ५ जिल्लाहरू स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशका ८ जिल्लाहरू गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका २ जिल्लाहरू कालीकोट र सल्यान र सुदूरपश्चिम प्रदेशका ३ जिल्लाहरू बैतडी, बझाङ र दार्चुलामा अधिवेशन हुँदैछ ।

बाँकी २९ जिल्लामा आइतबार अधिवेशन हुनेछ । जसमा कोशी प्रदेशका ४ जिल्लाहरू उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका ४ जिल्लाहरू सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका २ जिल्लाहरू चितवन र ललितपुर, गण्डकी प्रदेशका ४ जिल्लाहरू तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका ३ जिल्लाहरू अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका ६ जिल्लाहरू सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला र सुदूरपश्चिम प्रदेशका ६ जिल्लाहरू अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन् ।

विवादका कारण बारा जिल्ला अधिवेशन भने २६ गते हुने तय भएको छ । रास्वपाले यसपटक प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्न लागेको हो । बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमश: गरिने रास्वपाले जनाएको छ । यही जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशन सुरु हुनेछ महामन्त्री कबीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार