शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति

रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति

  • शुक्रबार, जेष्ठ २२, २०८३
सेयर गर्नुहोस् :
रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

‘अधिवेशनका लागि ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति बनेको छ । उहाँले सबै जिल्लामा अधिवेशन सम्पन्न गराएर आउनुहुन्छ । महाधिवेशन कार्यतालिका अनुसार नै काम भइराखेका छन्’, रातोपाटीसँग केसीले भने ।

बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

रास्वपाको मौजुदा विधान अनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन्।

सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ।

यसअघि जेठ २६ गतेबाट हुने प्रदेश अधिवेशनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अधिवेशनको समन्वयन, सहजीकरण र प्रदेश निर्वाचन आयोग गठन गर्न केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो । आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाकाे प्रथम महाधिवेशन हुनेछ।

चर्चामा

सम्बन्धित समाचार