
नेकपा एमालेले घोषणापत्र युवा, महिला, श्रमिक र राष्ट्रसेवकलाई आकर्षक सुविधा समेटेको छ । आज अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको घोषणापत्रमा युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्कदेखि गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहासम्मको विषय समेटिएको छ ।
यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड, वैदेशिक रोजगारी श्रमिकको खातामा ५ हजारसहित सामाजिक सुरक्षा, विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड, १० कक्षासम्म दिवा खाजा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षाको विषय समेटेको छ ।
यस्तै, सबै शिक्षकलाई सामाजिक सुरक्षा, शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा, महिलालाई २० लाख ऋण, २० हजार सुत्केरी भत्ता, गर्भवतीको निःशुल्क बीमा, गरिव परिवारको २५ हजारसम्म ऋण मिनाहा, सामाजिक सुरक्षा, देश जोगाउने बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्ने योजना अघि सारेको छ ।
