शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रोकिएको विद्युत् ठेक्का प्रक्रिया तत्काल अघि बढाउन राष्ट्रिय युवा संघको माग

रोकिएको विद्युत् ठेक्का प्रक्रिया तत्काल अघि बढाउन राष्ट्रिय युवा संघको माग

  • सोमवार, माघ २०, २०८२
सेयर गर्नुहोस् :
रोकिएको विद्युत् ठेक्का प्रक्रिया तत्काल अघि बढाउन राष्ट्रिय युवा संघको माग

बाजुरा– राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश अन्तर कमिटीले लामो समयदेखि रोकिएको विद्युत् वितरणसम्बन्धी ठेक्का प्रक्रिया तत्काल अघि बढाउन नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ।

संघका संयोजक करन भण्डारीको हस्ताक्षरसहित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुझाइएको ज्ञापनपत्रमा EIB–W5 तथा ABC Cable (Bikoi Mantran) सम्बन्धी ठेक्का प्रक्रियामा देखिएको विवाद, पुनर्मूल्यांकन तथा विभिन्न राय–सुझावका कारण प्रक्रिया लामो समयदेखि अल्झिएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ  ठेक्का प्रक्रिया ढिलाइ हुँदा सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशका बाके, बर्दिया, रोल्पा रुकम पूर्वलगायत दुर्गम तथा भौगोलिक रूपमा कठिन जिल्लाका नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विद्युत् पहुँच विस्तार नहुँदा विकास, सेवा प्रवाह, सुरक्षा, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा गम्भीर असर परेको संघको ठहर छ।

संघले ठेक्का प्रक्रियामा कानुनी तथा प्राविधिक पक्षबाट आवश्यक पुनरावलोकन गर्न सकिने भए पनि अदालतबाट एउटै प्रकृतिको राय आइसकेको अवस्थामा अझै निर्णय नहुँदा सार्वजनिक हितमा क्षति बढ्दै गएको जनाएको छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै अब ढिलाइ नगरी कानुन, नियम र बदलीको रायअनुसार ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

ज्ञापनपत्रमा सार्वजनिक हित, प्रभावित क्षेत्रका नागरिकको आधारभूत सेवा अधिकार तथा संस्थागत विश्वसनीयतालाई ध्यानमा राख्दै आवश्यक निर्देशन दिन नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरिएको छ। संघले ठेक्का प्रक्रिया शीघ्र टुंग्याइ विद्युत् पहुँच विस्तारमार्फत दुर्गम क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

No description available.

चर्चामा

सम्बन्धित समाचार