• होमपेज
  • राजनीति
  • ७२ वर्षमा चलिराखेको छु, अझै केही वर्ष भिड्छु : प्रचण्ड

७२ वर्षमा चलिराखेको छु, अझै केही वर्ष भिड्छु : प्रचण्ड

  • शनिबार, माघ १८, २०८२
७२ वर्षमा चलिराखेको छु, अझै केही वर्ष भिड्छु : प्रचण्ड

काठमाडौं— नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचन कुनै साधारण परिस्थितिको जस्तो नभएको बताएका छन्।

नेकपाको निर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरूप यो निर्वाचन अगाडि आएको बताए।

उनले भने, ‘असाधारण परिस्थितिको, आकस्मिक ढङ्गले आइलागेको निर्वाचनमा हामी सहभागी हुँदै छौँ। त्यसकारण हामीले यसलाई सामान्य अर्थमा बुझेर हुँदैन। निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरूप यो निर्वाचन अगाडि आएको छ।’

सबै खाले प्रतिक्रियावादी, वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्नको लागि एउटा नयाँ पहलकदमीको आवश्यकता महसुस गरेर नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढाएको बताए।

उनले भने, ‘१०, १५ हुँदै आजबाट २३ वटा पुग्दै छ र विभिन्न कम्युनिस्ट र समाजवादी घटक मिलाएर एउटा नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पका साथ हामी अगाडि बढेका छौँ। म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु, तपाईँहरू ४० वरिपरिकाले त तपाईँले अघि भनेजस्तै प्रशस्त समय छ, अवसर आउँछ।’

चर्चामा

सम्बन्धित समाचार