शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • शनिबार, कार्तिक ९, २०८२
आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार