शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • आज कस्तो रहला देशभरको मौसम

आज कस्तो रहला देशभरको मौसम

  • आइतवार, अशोज २६, २०८२
आज कस्तो रहला देशभरको मौसम

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

चर्चामा

सम्बन्धित समाचार