बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओली असन्तुष्ट

सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओली असन्तुष्ट

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओली असन्तुष्ट

सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए ।विदेशी कम्पनीहरुले नेपाललाई हेपेको बताउँदै ओलीले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने र नागरिकले पनि यो कुरा बुझ्नुपर्ने बताएका थिए । यसै विषयलाई लिएर कांग्रेसका केही मन्त्रीहरुले ओलीसँग विवादसमेत गरेका थिए ।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘सामाजिक सञ्जाल शुरु भइसक्यो ।’ दर्ताका लागि ताकेता गर्दा ‘तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं’ भनेर सामाजिक सञ्जालका सञ्चालकहरुले जवाफ दिएको मन्त्री गुरुङको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार