बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अफ्ठयारो र मौसम खराबले बडिमालिकामा लडेर मृत्यु भएकोको उद्धार हुन सकेन

अफ्ठयारो र मौसम खराबले बडिमालिकामा लडेर मृत्यु भएकोको उद्धार हुन सकेन

  • शुक्रबार, साउन २४, २०८२
सेयर गर्नुहोस् :
अफ्ठयारो र मौसम खराबले बडिमालिकामा लडेर मृत्यु भएकोको उद्धार हुन सकेन

बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएकाको उद्धार हुन सकेका छैन् । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको लडेर मृत्यु भएको थियो । मौसम खराब र निकै तल खोचमा भएकाले उद्धार गर्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् ।
प्रहरी उद्धारका लागि प्रयास गरिरहेको छ । निकै अफ्ठयारो बाट र मौसम खराब भएकाले उद्धार हुन नसकेको वताएका छन् । विप्लब ओझाको हाल गोकर्णश्वर ५ काठामाडौ बस्ने गरेका छन् । उनि २२ राति नै बडिमालिका बाट फर्केको बेला लडेर मृत्यु भएको थियो ।
बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको परिवारले जनाएको छ । मृतक सँग परिवारकै ५ जनाको टिम रहेको प्रहरीले जनाएको छ । बडिमालिकामा आज पुजा लागि रहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको छ । त्यस्तै बुढिनन्दामा पुजा शुरु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार