शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

  • शुक्रबार, असार ६, २०८२
पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। हिल्टन होटलमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयवीरसिंह देउवा लगायतको लगानी रहेको भनी पत्रकार पाठकले युट्यूब च्यानल ‘टफटक एक्स्प्लेइनर’मा एक भिडियो सामग्री प्रकाशन गरेका थिए ।

उक्त सामग्रीलाई लिएर देउवाले ‘साइबर ब्यूरो ५९’ को छद्म नाममा पाठकविरुद्ध साइबर अपराधमा कारबाही माग गर्दै उजुरी दिएका थिए । मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै उच्च अदालतले बिहीबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीशद्वय टङ्कप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले पत्रकार पाठकलाई गिरफ्तार नगर्न सरकारलाई आदेश दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार