शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेलाई तय, बस्ने नबस्ने टुङ्गो छैन

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेलाई तय, बस्ने नबस्ने टुङ्गो छैन

  • बिहिबार, जेष्ठ ३०, २०८२
प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेलाई तय, बस्ने नबस्ने टुङ्गो छैन

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ १३ गतेदेखि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । उनीहरूले उक्त प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने माग राख्दै आएका छन् ।

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष र विपक्षमा रहेका दलका प्रतिनिधिसँग पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन । दलहरूबीच सहमति नजुट्दा आजको बैठक पनि बस्ने नबस्ने अन्योल नै रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार