
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ। बोर्डले आइतबार एक सूचना जारी गर्दै १८० जना मेडिकल अधिकृत मागेको हो।
उनीहरूको कार्यावधि ९० दिनको हुनेछ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको हुनुपर्नेछ।
योग्यता पुगेका चिकित्सकले सात दिनभित्र दरखास्त फाराम बुझाइसक्नुपर्नेछ। २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेका चिकित्सकले दरखास्त दिन पाउनेछन्।

