आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाचार
  • भिजिट भिसा प्रकरणमा गृहले भन्यो- नेतृत्वको कुनै संलग्नता छैन, छानबिनमा सघाउँछौं

भिजिट भिसा प्रकरणमा गृहले भन्यो- नेतृत्वको कुनै संलग्नता छैन, छानबिनमा सघाउँछौं

  • शनिबार, जेष्ठ ११, २०८२
भिजिट भिसा प्रकरणमा गृहले भन्यो- नेतृत्वको कुनै संलग्नता छैन, छानबिनमा सघाउँछौं

काठमाडौं— गृह मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ ।

उक्त प्रकरणमा गृहमन्त्रालय र मन्त्री लेखकप्रति जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार