• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

  • आइतवार, जेष्ठ ५, २०८२
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

आइतबारको प्रतिनिधिसभा बैठकबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

विधेयक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभामा उत्पति भएको हो । विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।
त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि छलफल भएको थियो। छलफलका उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले विधेयक पारित हुनु सुदूरपश्चिमका लागि मात्रै नभइ देशका लागि उपलब्धि भएको बताए। विधेयक नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रको महत्त्वपूर्ण परिवर्तनको कोशेढुङ्गा भएको उनले बताए।

मन्त्री पन्तले काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर उपचारका लागि भारतको दिल्ली जाने लर्को विश्वविद्यालयको स्थापनापछि कैलालीको गेटामा रोकिने  बताए ।

स्वास्थ्य जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सरकारले उक्त विधेयक ल्याएको थियो। विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। विधेयक पारित भएसँगै कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने बाटो खुला भएको छ।

चर्चामा

सम्बन्धित समाचार