• होमपेज
  • मनोरञ्जन
  • गायिका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत

गायिका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत

  • शुक्रबार, फाल्गुन ३०, २०८१
गायिका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत

बाजुरा– देउडा गायीका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कार २०८१ बाट सम्मानीत भएकी छन् । देउडा गीत संगीतमा पुर्याएको योगदान वापत शोभा थापा नगर २५ हजार राशीको ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत भएकी हुन् । सानै उमेरदेखि गीत संगीतमा सक्रिय थापाले सयैको संख्यामा गीत गाएकी छन् । काठमाडौंमा श्रीमान विजय थापासँग सहकार्य गरि आफ्नै स्टुडियो समेत बनाएर दुई दशक देखि संगीत कर्ममै व्यस्त छिन् ।

२०६०/६१ सालदेखि हाल कलाकारिता क्षेत्रमा थापाले अधिवक्ता श्री भोजराजद्धारा स्थापीत नगद २५ हजार राशीको ‘जसुदा’ संगीत पुरस्कार प्राप्त गरेकी हुन् । पश्चिम साहित्य समाज धनगढीले स्रष्टा सम्मान कार्यक्रम मार्फत पुरस्कार हस्तान्त्रण गरेको हो । थापाले दर्जन बढी पुरस्कार र सम्मान पाइसकेकी छन् ।

बाजुरामा जन्मेकी थापाले हाल काठमाडौंलाई कर्मथलो बनाएकी छन् । उनले आफ्नो योगदानको कदर गर्ने र सम्झीएर सम्मान गर्ने आयोजक र संस्थाप्रति धन्यवाद दिएकी छन् । भने यो स्थानसम्म पुर्याउन सहयोग गर्ने आमाबुबा र आफन्तलाई पनि सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार