शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • शिक्षा
  • यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी

प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

  • बिहिबार, फाल्गुन २२, २०८१
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी

आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।

निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने ।

धमाधम प्रश्नपत्र छपाइ, जिल्ला-जिल्लामा पठाइँदै

विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार