• होमपेज
  • समाचार
  • सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ

सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ

  • मङ्लबार, फाल्गुन १३, २०८१
सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको भोलिपल्टै अनुसन्धानका लागि अर्का एक इन्स्पेक्टर पक्राउ परेका छन् ।

पोखराका एसपी श्यामबाबु ओलियाका अनुसार तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाइ पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाइ कास्की ल्याइएको उनले जानकारी दिए ।

महत कास्कीमै मृत अवस्थामा फेला परेकी थिइन् । 

कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो । ती इन्स्पेक्टरविरुद्ध महतका आफन्तले कास्की प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी समेत दिएका छन् ।

उजुरी पछि जोशी पक्राउ परेका हुन् । 

इन्स्पेक्टर महत चार महिनायता सशस्त्र प्रहरीको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत थिइन् । उनी शनिबार (फागुन १०) राति शिक्षालयकै शौचालयभित्र मृत भेटिएकी थिइन् । महतले ०७२ असोजदेखि सशस्त्र प्रहरी बलको जवानबाट सेवा सुरु गरेकी थिएन् । उनले ०७८ मा सशस्त्र सहायक निरीक्षक पदको खुलातर्फ नाम निकालेकी थिइन् । ०८१ मा उनले निरीक्षकमा नाम निकालेकी थिइन् ।

चार महिनायता निरीक्षकको तालिममा सहभागी महतले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार