• होमपेज
  • देश/प्रदेश
  • स्वास्थ्य मन्त्रीलाई तोसिमाले भनिन्- बीमा अघि बढाउन सक्नुहुन्न भने मार्ग प्रशस्त गर्नुस्

स्वास्थ्य मन्त्रीलाई तोसिमाले भनिन्- बीमा अघि बढाउन सक्नुहुन्न भने मार्ग प्रशस्त गर्नुस्

  • सोमवार, फाल्गुन १२, २०८१
सेयर गर्नुहोस् :
स्वास्थ्य मन्त्रीलाई तोसिमाले भनिन्- बीमा अघि बढाउन सक्नुहुन्न भने मार्ग प्रशस्त गर्नुस्

काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सांसद तोसिमा कार्कीले मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको भन्ने स्वास्थ्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कार्यक्रमलाई अघि बढाउन नसके मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएकी हुन्।

स्वास्थ्य बीमाको रकम ५ लाख पुर्‍याउँछु भन्दै महत्वाकांक्षी योजना अघि सारेर पछि हट्नु उचित भएको उनले बताइन्। स्वास्थ्य बीमा सुरुवात गरेको जस लिन खोज्ने तर काम गर्न नसकेर यसलाई अलपत्र पारेर राज्यलाई नै धराशायी बनाउने काम भएको उनको भनाइ छ। उनले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन मागसमेत गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार