शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल

माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल

  • बुधबार, पुस १७, २०८१
सेयर गर्नुहोस् :
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् ।

छलफलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालगायत रहेका छन् ।

यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो भने पुस १५ गते एकीकृत समाजवादीको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा अभियानका तर्फका नेताहरूको व्यवस्थापनबारे छलफल भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार