• होमपेज
  • राजनीति
  • रास्वपाले डीपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी

रास्वपाले डीपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी

  • सोमवार, पुस ८, २०८१
रास्वपाले डीपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको एक सांसदले जानकारी दिए। सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।

मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। यद्यपी, सभामुख देवराज घिमिरले अहिलेसम्म निर्णय गरेका छैनन्।

चर्चामा

सम्बन्धित समाचार