काठमाडौं– नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट रोकायको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । जिल्ला कमिटी उपाध्यक्षमा लंक वहादुर शाही,सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र राना मगर तथा जुनी बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट सर्वसम्मत रुपमा ७१ सदस्यीय जिल्लाक कमिटी निर्वाचित भएको कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिए ।