मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • क्रिकेट
  • आइपीएलका स्टार खेलाडी, को कतिमा भए रिटेन?

आइपीएलका स्टार खेलाडी, को कतिमा भए रिटेन?

  • शुक्रबार, कार्तिक १६, २०८१
आइपीएलका स्टार खेलाडी, को कतिमा भए रिटेन?

इन्डियन प्रिमियर लिग (आइपीएल)को २०२५ सिजनका लागि क्लबहरूले रिटेन सूची जारी गरेको छ। स्टार खेलाडी महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्डेय, जसप्रित बुमहराहलगायत खेलाडीहरू रिटेन भएका छन्।

धोनी ४ करोड, कोहली २१ करोड, रोहित १६.३० करोड, हार्दिक १६.३५ करोड र बुमराह १८ करोडमा रिटेन भएका हुन्। सनराइज हाइदरावादले हेनरिक क्लासेनलाई २३ करोडमा रिटेन गरेको छ। सनराइजले ५ खेलाडी रिटेन गर्दा पैट कमिन्स, अभिषेक शर्मा, ट्रेभिस माइकल हेड, र नितिश कुमार रेड्डी अटाएका छन्। कमपन्स १८ करोड, अभिषेक र हेड १४-१४ करोड र रेड्डी ६ करोडमा रिटेन भएका हुन्।

त्यस्तै दिल्लीले ४ खेलाडी रिटेन गरेको छ। जसमा अक्षर पटेल १६.५ करोड, कुलदीप यादव १३.२५ करोड, ट्रिस्टल स्टब्स १० करोड र अभिषेक परेल ४ करोड रहेका छन्।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले तीन खेलाडी रिटेन गरेको छ। कोहलीको भागमा २१ करोड पर्दा रजत पाटिदार ११ करोड र यश दयाल ५ करोडमा रिटेन भएका हुन्।

त्यस्तै राजस्थानले ६ खेलाडी रिटेन गरेको छ। जसमा सन्जु सैमसन १८ करोड, यजस्वी जयसवाल १८ करोड, रियान पराग १८ करोड, ध्रुव जरेल १४ करोड, शिमरोन हेटमायर ११ करोड र सन्दीप शर्मा ४ करोडमा रिटेन भएका छन्।

त्यस्तै चेन्नईले ५ खेलाडी रिटेन गरेको छ। धोनीको भागमा ४ करोड पर्दा ऋतुराज गैकवार्ड १८ करोड, माथीशा पाथिराना १३ करोड, शिवम दुबे १२ करोड र रविन्द्र जडेजा १८ करोडमा रिटेन भएका छन्।

त्यस्तै मुम्बई इन्डियन्सले ५ खेलाडी रिटेन गरेको छ। रोहित, हार्दिक र बुमहराहबाहेक सूर्यकुमार यादव १६.३५ र तिलक बर्मा ८ करोडमा रिटेन भए।
त्यस्तै कोलकत्ताले ६ खेलाडी रिटेन गरेको छ। जसमा रिंकु सिंह १३ करोड, वरुण चक्रवर्ति १२ करोड, सुनिल नरेन १२ करोड र आन्द्रे रसेल १२ करोडमा रिटेन भए। लखनउले ५ खेलाडी रिटेन गरेको छ। जसमा निकोलस पुरन २१ करोड, रवि बिश्वोई ११ करोड, मयंक यादव ११ करोड, मोहसिन खान ४ करोड र आयुष बडोनी ४ करोडमा रिटेन भए।

त्यस्तै गुजरातले राशिद खानलाई १८ करोड, शुभमन गिललाई १६.५० करोड, साई सुदर्शनलाई ८.५० करोड, राहुल तेवतियालाई ४ करोड र शाहरुख खानलाई ४ करोडमा रिटेन गरेको छ। पञ्जाबले भने शशांक सिंहलाई ५.५ करोड र प्रमसिमरनलाई ४ करोडमा रिटेन गरेको छ।

चर्चामा

सम्बन्धित समाचार