बिहिबार, कार्तिक १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका इमर्जिङ कप २०८१ को फाइनलमा आयोजक र बाह्रविस क्रिकेट क्लब भिड्दै

बडीमालिका इमर्जिङ कप २०८१ को फाइनलमा आयोजक र बाह्रविस क्रिकेट क्लब भिड्दै

  • बिहिबार, कार्तिक १५, २०८१
बडीमालिका इमर्जिङ कप २०८१ को फाइनलमा आयोजक र बाह्रविस क्रिकेट क्लब भिड्दै

बाजुरा– बडीमालिका बाजुरा इमर्जिङ कप २०८१ को फाइनलमा आयोजक बाजुरा किके्रट क्लब र बाह्विस क्रिकेट क्लब भिड्ने भएका छन् । सहभागि ६ वटा टिमको अंक तालिकामा शिर्ष स्थानमा रहेका दुई टिम फाइलन पुगेका हुन् । नेपाल प्रहरीलाई ४३ रनले पराजित गर्दै आयोजक फाइनल पुगेको हो । भने बाह्विस क्रिकेट क्लब आफ्नो अपराजित यात्रालाई कायम गर्दै समूह चरणकै खेलमा आफ्नो फाइनलको स्थान पक्का गरेका थियो ।

नेपाल प्रहरीले ४३ रनको हारसँगै फाइनल खेल्ने यात्रा रोकिएको छ । टस जितेर पहिलो फिल्डीङ्ग रोजेको नेपाल प्रहरीलाई आयोजकले १ सय ४० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटीङ्गमा गरेको प्रहरीले १० ओभरमा ५ विकेटको क्षतिमा ९७ रनमा समेटियो । जीतका लागि आयोजकका नविन थापाले ५९ रनको योगदान गरेका थिए ।

खेलमा नेपाल प्रहरी विरुद्ध महेश बाँनीयाले व्यक्तिगत ३ विकेट लिएका थिए । प्रमुख दाबेदार मानिएको नेपाल प्रहरी टोली समेत बाहिरिएपछि अब फाइनल खेल आयोजक र बाह्विस क्रिकेट क्लबबीच  हुने भएको छ । फाइनल पुगेको बाह्विस क्रिकेट क्लब अपराजित यात्रामा छ । भने आयोजकले १ खेलमा हार बेहोरेको हो ।

मालिका माविको खेल मैदानमा जारी खेलको फाइनल आज विहान ८ बजे हुने आयोजकले जनाएकाे छ । बाजुरा क्रिकेट क्लबले हरेक वर्ष खेल आयोजना गर्दै आएको छ । विजेताले ७१ हजार १ सय ७१ रुपैया र टफि पाउने छ । भने उपविजेताले २१ हजार १ सय २१ रुपैया पाउने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार