सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रूसी आक्रमणमा पाँच जनाको मृत्यु

रूसी आक्रमणमा पाँच जनाको मृत्यु

  • आइतवार, कार्तिक ११, २०८१
रूसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। धिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो।

डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताए। लिसाकलेसामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेको देखाइएको छ। उनका अनुसार आठ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

रूसले निरन्तररूपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ। मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ।

चर्चामा

सम्बन्धित समाचार