सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढी जेलमा छन् : ओली प्रधानमन्त्री

सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढी जेलमा छन् : ओली प्रधानमन्त्री

  • बुधबार, कार्तिक ७, २०८१
सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढी जेलमा छन् : ओली प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।

सरकारको १०० दिने पुगेको अवसरमा बुधबार सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताए ।

“हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,”, प्रधानमन्त्री ओलीले भने, “सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।”

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन्को हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे ।

चर्चामा

सम्बन्धित समाचार