शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • राजनीति
  • सरकार मरे पनि न्यायालय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: डीपी अर्याल

सरकार मरे पनि न्यायालय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: डीपी अर्याल

  • शनिबार, कार्तिक ३, २०८१
सरकार मरे पनि न्यायालय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: डीपी अर्याल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस-एमालेले राखेको बताएका छन्।

सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने,‘हामीले जनताका लागि केही गर्ने उद्देश्यका साथ हिँडेको थियौं। हामीले रवि लामिछाने एक जनाको लागि मागेका होइनौं। म आग्रह गर्छु, हामीले केही गर्न थालेको अभियानलाई रोक्न रविमाथि अप्रत्याशित ढंगले पक्राउ गरिरहेको छ।’

संसदीय छानबिन समितिले सहकारीमा कुनै संलग्नता नदेखिए पनि आगामी चुनावमा आफूहरु सकिने डरको कारणले तर्सिएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताए ।

उनले भने, ‘मैले भखरै पार्टी सभापतिलाई भेटेर आएको छु । उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई न्यायालयप्रति विश्वास छ। हामीले सघाउने हो। यो देशमा सरकार मरिसक्यो, न्यायालय मरेको छैन। न्यायालयले रवि लामिछाने होइन, एउटा अभियानलाई बचाउनेछ ।’

चर्चामा

सम्बन्धित समाचार