• होमपेज
  • अन्तर्राष्ट्रिय
  • छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए

छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए

  • शनिबार, अशोज १९, २०८१
छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए

माओवादी प्रभावित भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा प्रहरीसँगको भीडन्तमा ३२ जना कथित माओवादी मारिएको दाबी गरिएको छ ।

मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने जनाइएको छ । राति भएकाले प्रहरीलाई खोजी कार्यमा समस्या भइरहेको जनाएको छ । छत्तीसगढमा गतवर्ष भाजपा सरकार आएयता माओवादीविरुद्ध सघन अभियान चलाइरहेको छ ।

त्यसो त गृहमन्त्री विजय शर्माले माओवादीसँग शान्ति वार्ताको प्रस्ताव समेत राखेका छन् । यो वर्षको जनवरीदेखि अहिलेसम्म कम्तीमा १७१ माओवादी मारिएका छन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार