बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

  • बिहिबार, अशोज १०, २०८१
सेयर गर्नुहोस् :
वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए ।
ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार