• होमपेज
  • स्वामिकार्तिक खापर
  • उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

  • सोमवार, भदौ ३१, २०८१
उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

बाजुरा– सरकारले स्थानीय तहको उप निर्वाचनको मिति घोषणा गरेसँगै बाजुरामा पनि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका सहित स्थानिय तहका विभिन्न रिक्त पदका लागि २०८१ मंसिर १६ गते उपनिर्वाचन गर्न घोषणा गरे सगैँ नामावली संकलन स्थगित गरेको हो ।

निर्वाचन आयोगको अर्को सूचना जारी नभए सम्मका लागि फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असोज १ अर्थात मंगलबार देखि स्थगित भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले बताएका छन् ।

२०८० माघ ४ गते स्वामिकार्तिक खापर गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मैना जोशीको निधन भएपछि सोहि पदमा उपनिर्वाचन हुदै छ । स्वर्गीय गाउँपालिका उपाध्यक्ष जोशी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुदै उपचारको क्रममा निधन भएको थियो । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार