बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका बिशेष
  • उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

  • सोमवार, भदौ ३१, २०८१
सेयर गर्नुहोस् :
उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

बाजुरा– सरकारले स्थानीय तहको उप निर्वाचनको मिति घोषणा गरेसँगै बाजुरामा पनि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका सहित स्थानिय तहका विभिन्न रिक्त पदका लागि २०८१ मंसिर १६ गते उपनिर्वाचन गर्न घोषणा गरे सगैँ नामावली संकलन स्थगित गरेको हो ।

निर्वाचन आयोगको अर्को सूचना जारी नभए सम्मका लागि फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असोज १ अर्थात मंगलबार देखि स्थगित भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले बताएका छन् ।

२०८० माघ ४ गते स्वामिकार्तिक खापर गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मैना जोशीको निधन भएपछि सोहि पदमा उपनिर्वाचन हुदै छ । स्वर्गीय गाउँपालिका उपाध्यक्ष जोशी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुदै उपचारको क्रममा निधन भएको थियो । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार