बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको निधन

स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको निधन

  • बिहिबार, माघ ४, २०८०
स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको निधन

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखी बिरामी भएकी जोशीको राती मृत्यु भएको हो ।

 ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।
पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
कांगेस बाजुराको नेतृ रहेकी जोशी जिल्ला समिति सदस्य थिइन् । यता गाउँपालिका अध्यक्ष भरत रोकायाले निधन प्रति दुःख व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार