• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले पाएनन् २ वर्षसम्म ‘लाइसेन्स’

सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले पाएनन् २ वर्षसम्म ‘लाइसेन्स’

  • बिहिबार, भदौ १३, २०८१
सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले पाएनन् २ वर्षसम्म ‘लाइसेन्स’

धनगढी– सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले २ वर्षसम्म पनि चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्। यातायात व्यवस्था विभागले एक वर्षमा झण्डै १० लाख सवारीचालक अनुमति पत्र छपान गर्नुपर्ने तथ्यांक छ। विभागमा एउटा मात्र सवारीचालक अनुमति पत्र छपानका लागि प्रिन्टर राखिएको छ। सातवटै प्रदेशका सवारीचालकको अनुमति पत्र विभागले छपान गर्दै आएको छ। यसकारण पनि सवारीचालक अनुमतिपत्र समयमा पाउन असहज हुने गरेको यातायात व्यवस्था कार्यालयको तर्क छ।

यातायात व्यवस्था कार्यालय, धनगढीका प्रमुख नरेन्द्र शाहले १० लाख वार्षिक एक वर्षमा छपान गर्नुपर्ने बाध्ययता रहेको बताए। उनले भने, ‘एक मात्र प्रिन्टर रहेछ। वार्षिक रुपमा १० लाख लाइसेन्स छपान गर्नुपर्ने हुन्छ। एक कार्यालयबाट र एक प्रिन्टरबाट यति काम गर्नुपर्छ। यही कारणले ढिलो आउने गरेको छ।’ यातायात व्यवस्था कार्यालय, धनगढीले ३० हजारको संख्यामा सवारीचालक अनुमति पत्र वितरण गर्न सकेको छैन।

यातायात व्यवस्था विभागले सन २०२३ को डिसेम्बरसम्म ३२ हजार सवारीचालक अनुमति पत्र छपान गरेर पठाएको छ। तर, २०२२ को अगस्ट र डिसेम्बरसम्मका सवारीचालक अनुमति पत्रसमेत आएका छैनन्। यातायात कार्यालय, धनगढीले छपान हुन बाँकी रहेका सवारीचालक अनुमति पत्रको पूर्ण विवरणसमेत हेर्न पाएको छैन। शाले भने, ‘२०२३ को डिसेम्बरको लाइसेन्स आएको एक महिना भयो। तर, समस्या आएको छ। २०२२ को डिसेम्बरकोसमेत छुटेको छ। कति छपान भए? कति बाँकी छन् भन्न सक्ने अवस्था छैन।’ ७ वटै प्रदेशका सवारीचालक अनुमति पत्र यातायात व्यवस्था विभागले छपान गर्दै आएको छ। सबै प्रदेशका यातायात कार्यालहरुले यातायात व्यवस्था विभागको भरमा सवारीचालक अनुमति पत्र वितरण गर्दै आएका छन्।

तर परीक्षा दिएको २ वर्षसम्म पनि लाइसेन्स नपाउँदा सुदूरपश्चिम प्रदेशका सवारीचालक भने हैरान भएका छन्। यातायात कार्यालय, धनगढीका प्रमुख शाहले धनगढीमा छपानका लागि छलफल थालिएको बताए। तर, कार्यक्रम तय नभएको उनले बताए। यातायात कार्यालय, धनगढीमा सेवाग्राहीले समयमा सेवा नपाउने समस्या अहिले पनि कायमै छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार