• होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ

  • आइतवार, भदौ ९, २०८१
एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाडौं — नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।

केन्द्रीय कार्य समिति बैठक सुरु हुनु अगाडि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । गत असार दोस्रो साता सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

९३ जना केन्द्रीय सदस्यले असारमै शपथ लिएका थिए । बाँकी मनोनीतहरुले आइतबार केन्द्रीय समिति बैठक सुरु हुनु अगाडि शपथ लिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार