• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

बंगलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट

  • सोमवार, साउन २१, २०८१
अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’

सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् ।प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन् । राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ । केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार