शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • राजनीति
  • शेखर–गगन समूहले ४ मन्त्री माग गर्ने

शेखर–गगन समूहले ४ मन्त्री माग गर्ने

  • आइतवार, असार ३०, २०८१
शेखर–गगन समूहले ४ मन्त्री माग गर्ने

काठमाडौं —नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

चर्चामा

सम्बन्धित समाचार