मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • प्रवास
  • कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

  • मङ्लबार, बैशाख ११, २०८१
कतारका अमिर नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

काठमाडौँ– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी औपचारिक भ्रमणका लागि आज अपराह्न ४ बजे नेपाल आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, कतारी अमिर राष्ट्रपति पौडेलले साँझ आयोजना गर्ने राजकीय भोजमा सामेल हुनेछन् ।

अमिरले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने छन् भने भोलि नै केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै काठमाडौँबाट फर्किने तालिका रहेको छ । यसैबीच, कतारका राजा अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार