बाजुरा– सरकारले देशभरका थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेसगै बाजुराका ५ जनाकाे नाम समाबेश गरेकाे छ । सरकारले गरेको घोषणाको निर्णय अनुसार बाजुराका थप ५ जना सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ । २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
जसमा जुकाेटका दल बहादुर विक, साप्पाटाका हरि ल्वार, पाण्डुसैनका पदम बहादुर विक, बिच्छ्याका रबिलाल भण्डारी र जुकाेटकै रामलाल कटेलाइ सहित घाेषणा गरेकाे राजपत्रमा उल्लेख गरेकाे छ ।
सूची हेर्नुस्