• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बडिमालिका नगरपालिकाद्धारा २ सय बिपन्नको स्वास्थ्य बिमा

बडिमालिका नगरपालिकाद्धारा २ सय बिपन्नको स्वास्थ्य बिमा

  • बुधबार, अशोज ३, २०८०
बडिमालिका नगरपालिकाद्धारा २ सय बिपन्नको स्वास्थ्य बिमा

बाजुरा– बडिमालिका नगरपालिकाले संबिधान दिवसको अवसरमा नगरपालिका भित्रका २ सय जनाको स्वास्थ्य बिमा गर्ने भएको छ । संबिधानमा मौलिक हकमा रहेको स्वास्थ्य अधिकारको प्रत्याभुती गर्न नगरपालिकाले स्वास्थ्य उपचारमा समस्या भएका गरिव र बिपन्न परिवारलाई स्वास्थ्य बिमा गरिदिने भएको हो ।
संबिधान दिवसका अवसरमा बिहान जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण तथा स्वास्थ्य लाभको कामना संगै नगर प्रमुख अमर खड्काले स्वास्थ्य सेवा बञ्चित रहेका बिपन्न गरिव परिवारलाई निशुल्क स्वास्थ्य बिमा उपालब्ध गराउने घोषणा गरेका हुन । राज्यले बिपन्न र गरिबका लगि छुट्टै प्याकेज दिने प्रयास गरेको भए पनि नगरपालिका भित्र कोही नागरिकको पहुँच नपुगेका कारण यो कार्यक्रमलाइ अगाडी बढाईएको नगर प्रमुख अमर बहादुर खड्काले बताए ।

No description available.
यो सामाजिक न्यायमा आधारित कार्यक्रम भएकोले संविधानले पनि व्यवस्था गरेको हुनाले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोस भन्ने उदेस्यका साथ यो कार्यक्रमलाइ अगाडी बढाएको नगर प्रमुख खड्काले बताए ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्ने ब्यबस्था रहेकोले नागरिकले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध होस भन्ने उदेस्यका साथ स्वास्थ्य बिमा गराउन लागिएको नगर प्रमुख खड्काले बताए ।
फलफुल बितरण कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल नगर प्रबक्ता धर्मराज पाध्याय लगायत कर्मचारी पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार