बाजुरा– बडिमालिका नगरपालिका वडा न ६ जडाङ्गामा कृषि मेलाको आयोजना गरिएको छ । रैथाने बालीको प्रवद्र्धन सहीत कृषकलाई व्यवसायिकता तर्फ उन्मुख गराउन बृहत कृषि तथा खाद्य मेला प्रदर्शनी गरिएको हो ।
कृषकहरुलाई कृषि पेशामा थप सहयोग पुर्याउने उदेस्यका साथ कृषि मेलाको आयोना गरिएको बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताएका छन । बडिमालिका नगरपालिका कृषि विकास शाखा र आईएनएफ नेपालको आर्थिक सहयोगमा कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला प्रदर्शनी गरिएको नगर प्रमुख खड्काले बताए ।
बडिमालिका नगरपालिका कृषि शाखाको आयोजना तथा आईएनएफ नेपालको दिगो जिविको पार्जनका लागि जलवायू अनुकुलन परियोजनाको आर्थिक सहयोगमा सञ्चालन गरिएको मेलामा बिभिन्न प्रकारका कृषि उत्पादन सहीत अर्गानिक परिकार प्रदर्शनमा राखेका थिए । कृषकले गरेको काम र देखिएको उत्साहले सबै उत्साहीत देखीन्थे । कृषि शाखा प्राविधिक रमेश विकले एक कृषकबाट अर्को कृषकले सिक्ने अवसर प्रदान गर्ने विश्वस व्यक्त गरेका छन् ।
पालिकाका अधिकांस व्यक्ति कृषिमा आत्मनिर्भर रहेपनि तर उपभोग कम मात्रामा भएकोले उत्पादकत्व वृद्धिसंगै उपभोग बढी गर्न किसानलाई नगर प्रमुख अमर खड्काले बताए । धेरै भन्दा धेरै उत्पादन गरि व्यवसायीक बन्न कृषकलाई आग्रह गरेका थिए ।
हरेक व्यक्तिहरुले बरीमा उत्पादन गरेका बस्तुहरुसंग नजिक हुन र त्यसलाई उपभोग गर्ने क्षमता वृद्धि होस भन्ने उद्देश्य सहीत प्रत्येक वर्ष कृषि मेला प्रदर्शनी गरिर्दै आएको नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन । उनले भनिन् कार्यक्रममा बाली प्रदर्शनी गरेर मात्र सार्थक हुदैन्, उत्पादन गरेको कृषि उपजलाई उपभोग गरेको हुनुपर्छ, बजारिया विभिन्न विषादीयुक्त अखाद्य चिजहरु प्रयोग गर्नाले वर्तमान समयमा अस्वस्थता बढ्दै गएको छ जसले गर्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गरी थला पर्ने परिस्थिति सिर्जना खानपिनले हुने गरेको बताउँदै बानीको विकास गर्नुपर्ने बताएकी थिइन ।
सहज जीवन निर्वाह गर्नका लागि स्वस्थ आहारा, स्वाच्छ खानेकुरा, स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न प्रकारका मात्राहरु मलिाएर खाने वतावरण गनुपर्ने आवश्यक रहेको आइएनएफ नेपालका परियोजना अधिकृत खेम मिश्रले बताए । हरेक वर्ष एकएक पटकको कृषि मेला प्रदर्शनी कार्यक्रमले कृषकमा उत्पादनका लागि उर्जा दिईरहेको पनि उनले बताए। कृषि मेलामा सम्पूणर् बोल्ने बक्ताहरुले आफूले फलाएका तरकारी आफैले उपभोग गर्नु पर्नेमा जोड दिएका थियो । फलाउने मात्र तर आफूले उपभोग कम गर्ने गरेकाले उत्पादनमा वृद्धि गरी उपभोग गर्ने बानीको विकास गर्न जरुरी रहेको बताएका थिए ।
आइएनएफ नेपालका जिल्ला संयाेजक खेम मिश्रकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । त्यसै गरि विशिष्ट अतिथी नगर उप प्रमुख नन्दा थापा लगायतकाे उपस्थिति रहेकाे थियाे । येसै गरि कार्यक्रम मा ५५ जना कृषक हरुले आफ्नो उत्पादन सहित उपस्थित रहेका थिए भने सृजना मसला उध्योग, कृषि/ पशु बिमा अनि बाली उपचार सिबिर सहितको स्टल हरु रहेका थिए । साे कार्यक्रम मा उत्कृष्ट ३ जना कृषक हरु लाई पुरुस्कृत गरेको थियो भने अन्य उपस्थित हरु लाई पनि विभिन्न बीउ बिजनहरु उपलब्ध गराएकाे जनाएकाे छ।
आइ एन एफ नेपाल ले कृषि उपज उत्पादन र बजारिकरणमा सहयोग पुग्ने र स्थानिय कृषक तथा सकंलन केन्द्र सन्चालक समिती सदस्य हरुको क्षेमता अभिवृद्धि गर्ने रहेको मिश्रले बताए। यस अघि जलबायु परिवर्तननुकुलनको लागि रैथाने बाली को उत्पादकत्व बृदी , बजारिकरन र बीउ बिजन सन्कलन केन्द्र गर्ने उदेश्य ले बडिमालिका ६ जडाङ्गामा स्थापना गरेको थियो । आइ एन एफ नेपाल ले बिगत १० बर्षदेखि बाजुरा को ५ वटा पालिका हरुमा सामाजिक बिकास, आर्थिक बिकाश, बिपद तथा बन/ बाताबरण , जलबायु परिवर्तन अनि समग्र जिबिकोपार्जनको लागि काम गर्दै आएको छ।