मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाकाे बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ।
हिमाली गाउँपालिका डा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएकाे हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले बताएकी छन ।
अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको सार्कीले बताइन् ।