• होमपेज
  • समाचार
  • तोकेको भन्दा बढी भाडा असुल्दै काठमाडौं देखी बझाङ:के हेर्दै छ प्रहरी प्रशासन

तोकेको भन्दा बढी भाडा असुल्दै काठमाडौं देखी बझाङ:के हेर्दै छ प्रहरी प्रशासन

  • शनिबार, अशोज ८, २०७९
तोकेको भन्दा बढी भाडा असुल्दै काठमाडौं देखी बझाङ:के हेर्दै छ प्रहरी प्रशासन

अर्थ जङ शाही/ बझाङ — सरकारले यातायात व्यवसायीको माग अनुसार भाडावृद्धि गरे पनि व्यवसायीले मनपरी रुपमा भाडा असुली गरिरहेका छन् ।२७ असार देखि लागू हुने गरी बागमती प्रदेशको अन्तरजिल्ला यातायातको सवारी साधनको भाडा २० प्रतिशतले बृद्धि गरिएको भए पनि यातायात व्यवसायले दोब्बरभन्दा बढी भाडा असुल गरिरहेको भेटिएको छ ।

No description available.

काठमाण्डौं देखि बझाङ सदरमुकाम चैनपुर सम्मको दुरी ९ सय ४४ किलोमिटर रहेको छ । गत २४ असारदेखि २० प्रतिशत भाडा बृद्धि गरी ३ हजार ४० रुपैया कायम गरिए पनि अहिले उनीहरुले सरकारले तोकेभन्दा झण्डै दुई गुणा बढी भाडा असुल गरिरहेका छन् । यातायात व्यवसायीहरुले अहिले यात्रुसँग ३ हजार ६ सय ४५ रुपैया उठाएका छन्।

No description available.

कोही डिलक्स यातायातको नाममा त कोही कच्ची बाटो देखाएर सरकारले तोकेभन्दा तेब्बरसम्म भाडा असुल गरिरहेका छन् । आफू ठगिएको र आफूलाई तोकेको भन्दा बढी भाडा असुल गरेको बझाङ जयपुथ्वी नगरपालिका-१ का सितल सिंहले बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार