• होमपेज
  • समाचार
  • बैतडीमा विद्यालय गइरहेका बालकमाथि चितुवाको आक्रमण

बैतडीमा विद्यालय गइरहेका बालकमाथि चितुवाको आक्रमण

  • मङ्लबार, भदौ ७, २०७९
बैतडीमा विद्यालय गइरहेका बालकमाथि चितुवाको आक्रमण

बैतडी — बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीका १३ वर्षीय पारस धनाडी चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको प्रहरी प्रवक्ता जोशीले बताए। उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ। धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा लगिएको छ।

बैतडीमा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ भने ११ जना भन्दा बढी घाइते भएका छन्। यस्तै २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन्।

चर्चामा

सम्बन्धित समाचार