• होमपेज
  • समाचार
  • तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते

तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते

  • शुक्रबार, भदौ ३, २०७९
तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते

तनहुँ —  जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको मत्यु भएको छ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदी ब्याम्बो रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार अचानक करेन्ट लागि तीनैजना गम्भीर घाइते भएका थिए। बाबुछोराको उपचारको क्रममा बिहीबार साँझ ७:३० बजे मृत्यु भएको हो ।

१९ वर्षया दिलमाया ब्याम्बो भने घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार