शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

  • सोमवार, जेष्ठ ९, २०७९
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन — पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो।

उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो। बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो। हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। रासस

चर्चामा

सम्बन्धित समाचार