आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • देश
  • ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

  • बिहिबार, चैत्र १७, २०७८
ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

अछाम — अछाममा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टिँदा २४ बर्षीय भुपेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटी तर्फ जादै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पल्टीएको प्रहरीले जनाएको छ।

ट्रयाक्टरले च्यापिएर घाइते भएका चालक शाहीलाई उपचारका लागी जिल्ला अस्पताल मंगलसेन पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार