बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटियो

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटियो

  • बिहिबार, फाल्गुन १९, २०७८
सेयर गर्नुहोस् :
गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटियो

गुल्मी — गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवेको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए ।

घटनाबारे थप अनुसन्धान भइहेको गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार