अर्थ जङ्ग शाही/बझाङ — सदरमुकाम चैन्पुरमा बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । दिनभरी बत्ती आईराख्ने भएपनि, साँझ जब अध्यारो भयो झ्याप्प-झ्याप्प बत्ती जाने भएकाले चैन्पुर बासी अध्यारोमा बस्न बाध्य भएका छन्।
दिउँसो टन्टलापुर घाम लाग्दा र सिमसिमे पानी पर्दा पनि बत्ती गईराख्ने हुदाँ चैन्पुरबासी ले सहज र राम्रो ढङ्गले बत्तीका पोल,तार जडान नभएको हो कि भन्ने गुनासो समेत पोखेका छन्। सदरमुकाम चैन्पुरमा त झ्याप्प-झ्याप्प बत्ती गईरहन्छ,अनि गाउँ घरमा कसरी बत्ती आउँला स्थानिय ब्यक्ति प्रकास बुढाले बडिमालिका खबरलाई बताएका छन्।