उदयपुर– उदयपुरको ताप्लि गाँउपालिका–३ बगलेकी एक महिलाको बिहीबार भिरबाट लडेर ज्यान गएको छ। घर नजिकैको वगले भिरमा घाँस काटनेक्रममा ५० की लक्ष्मीमाया तामाङको लडेर ज्यान गएको हो। भिरबाट लडेकी तामाङको मृत शरिर स्थानीयले घरमै ल्याएपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले बताए।
घरमा ल्याएको खबर पाउनसाथ प्रहरी चौकी रामपुरझिल्केको टोली घटनास्थल पुगेको उनले बताए। घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया ईलाका प्रहरी कार्यालय कटारीले सुरु गरेको उनले बताए।