आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • बाजुराका अधिकांस कार्यालयमा जादा अनिबार्य खोप कार्ड देखाउनु पर्ने

बाजुराका अधिकांस कार्यालयमा जादा अनिबार्य खोप कार्ड देखाउनु पर्ने

  • सोमवार, माघ १०, २०७८
बाजुराका अधिकांस कार्यालयमा जादा अनिबार्य खोप कार्ड देखाउनु पर्ने

बाजुरा — बाजुरा जिल्लाका धेरै सरकारी तथा बित्तिय कार्यालयहरुमा सेवा लिन जादा कोभिड १९ बिरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रबेश गर्न पाउने भएका छन । जिल्लाको बडिमालिका नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय सेन्चुरी बैकं लगायतका कार्यालयहरूले सो निणर्य गरिएको जनाएको छ । कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीहरुले कोभिड १९ बिरुद्धको खोप कार्ड अनिबार्य लिएर आएको ग्राहकलाई मात्रै सेवा दिने सार्बजनिक सुचना मार्फत जानकारी गराएका छन ।

May be an image of 1 person and text that says 'घरेलु तथा साना उद्योग कार्यालय बाजुराको अनुरोध कार्यालयमा सेवा लिन वा अन्य कुनै कामले आउदामास्क, सेनिटाइजरको अनिवार्य प्रयोग र सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गर्ने। कार्यालयमा सेवा लिन वा अन्य कुनै कामले आउदा अनिवार्य रुपमा कोमिड १९ विरुढ़ुको खोप लगायको कार्ड (मोवायलमा फोटो भए पनि हुने साथमा ल्याएर आउने। कार्यालयमा सेवा लिन वा अन्य कुनै कामले आउदा अनिवार्य रुपमा नागरिकता वा नागरिकताको फोटोकपि साथमा ल्याएर आउने नोट नागरिकता र कोमिड १९ को विरुद्ुको खोप लगाएको कार्डको फोटो मोवायलमा देखाउन पनि सकिने छ। સ0ಗ खोप काड 196sies'
यता घरेलु बिकाश समितिको कार्यालयमा त नागरिकता समेत साथमा ल्याएर मात्रै कार्यालयमा सेवा लिन आउन आग्रह गरेको छ । त्यसै गरी सेन्चुरी बैकले पनि सेवाग्राहीहरुलाई खोपकार्ड अनिबार्य ल्याउन अनुरोध गरिएको जनाएको छ । बैकंमा सेवा लिन आउने ग्राहकहरुले खोप कार्ड देखाए मात्रै बैकंमा प्रबेश गर्न दिने र अन्यलाई बैकमा प्रबेश गर्न नदिने निणर्य गरिएको जनाएको छ । जिल्लाका सबै भन्दा बढि भिड हुने कार्यालयहरुमा खोप कार्डलाई अनिबार्यता दिएको जनाएका छन । कार्यालयमा आउदा खोपकार्डको मोबाइलमा फोटो खिचेको भए पनि मान्य हुने जनाएका छन । कार्यालयमा अन्यथा प्रबेश हुन नदिएको जानकारी प्राप्त भएको छ ।
बाजुरा जिल्लामा अहिलेसम्म १८ वर्षभन्दा माथिका ८२ प्रतिशत नागरिकले पहिलो डोज तथा ५७ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन् । जसमा पहिलो डोज ८० हजार ८ सय ८० ले लगाएका छन भने दोस्रो डोज लगाउनेको सख्या ५७ हजार १ सय २५ ले लगाएका छन । त्यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशतले पहिलो डोज लगाएका छन सो समुहका १७ हजार ६ सय ३७ जनाले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार