आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • बाजुराका जनजातीले एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने घोषणा ( बिज्ञप्ती सहित)

बाजुराका जनजातीले एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने घोषणा ( बिज्ञप्ती सहित)

  • आइतवार, पुस ११, २०७८
बाजुराका जनजातीले एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने घोषणा ( बिज्ञप्ती सहित)

बाजुरा — बाजुरा जिल्लामा रहेका नेकपा एमालेमा आस्थावन भोटे जनजातीहरुले नेकपा एमालेको बिभेदकारी निणर्य गरेको भन्दै पाटीको कुनै पनि गतिबिधिमा संगलग्न नहुने बताएका छन ।
भोटे जनजातीहरुले एक बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन । बाजुरा जिल्लामा बसोबास गर्दै आएका जनजातीहरु मध्य ८० प्रतिशत जनजाती हाल सम्म एमालेको झण्डामुनी गोलबन्द भएको अबस्थामा पार्टीका नेताहरुको हर्कतका कारण जनजाती कोटामा हस्तक्षेपकारी भुमिका निर्बाह गरेकोले पार्टीका कुनै पनि गतिबिधिहरुमा संलग्न नुहने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लामा बसोबास गर्दै आएका जनजातीहरुको सयुक्त हस्ताक्षेरीत बिज्ञप्तीका अनुसार अब उपरान्त पार्टीको कुनै पनि जनबर्गिय संगठन जिल्ला कमिटिमा लगायत मतदानमा समेत सहभागी नुहने उल्लेख गरिएको छ ।
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिबेशनमा बसन्ती गुरुङको नाम महाधिबेशन प्रतिनिधीमा छनौट गरीएको र केही दिनमा गुरुङको नाम हटाएर अर्को ब्यक्तीलाई समाबेश गरी जिल्लाका सम्रग जनजातीमाथि अन्याय गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
भोटे जनजातीहरुले पार्टीको यो हस्तक्षेपकारी स्वइच्छाचारी प्रबिधीका कारण सामाजिक न्याय र बर्गिय राजनितीमा हस्तक्षेप गरेको बिज्ञप्तीमार्फत बिरोध जनाएका छन ।
No description available.

चर्चामा

सम्बन्धित समाचार